३० आश्विन २०८३, शुक्रबार
बिहीबार, कार्तिक २० १९:२६

पर्सामा प्रहरीको ज्यादतीको बिरोध गर्दै जिराभवानी गाउपालिका वडा नं १ जगतिया चौकमा साझ ५:१५ बजे प्रहरी र स्थानीय बीच बिबाद।

मेघराज राय पर्सा कात्तिक २०/


प्रहरीको ज्यादतीको बिरैध गर्दै जिराभवानी गाउपालिका वडा नं १ जगतिया चौकमा साझ ५:१५ बजे प्रहरी र स्थानीय बीच बिबाद भएको छ। जिराभवानी गाउपालिका वडा नं १ बलुवा निवासी नेसार समानीले पेट्रोलियम पदार्थ ल्याउदा प्रहरीले माग गरेको रकम नदिए पछि प्रहरीले पिस्तोल तिर्स्याउदै कुटपिट गरेको बिषय मा बिबाद भएको हो।इलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत प्रहरी नायब निरीक्षक मुक्ति नारायण यादवले सादा पोसाक लगाएर समानीसंग पच्चीस हजार रुपैया माग गरेका समानीले बताए। सोको भ्वाइस रेकर्ड राखी रहेको समानीले बताउनु भयो। समानीले ठोरी गाउपालिका वडा नं ४ बिजयबस्तीमा रहेका नेवा पेट्रोल पम्पबाट चार ड्रम डिजेल ट्याक्टरमा लोड गरी महादेवपट्टी तथा बालुवामा खुद्रा किसानलाई बिक्री गर्दै आएका थिए। समानीमाथि प्रहरीले गरेको ज्यादतीको बिरोध गर्दै अवस्था तनावग्रस्त हुदा प्रहरी चौकी सुबर्णपुर, बलुवा र शस्त्र बेश क्याम्प सुवर्णपुरको टोली घटना स्थलमा पुगी समान्य बनाउने प्रयास भइरहेका छ। स्थानियको भिडले प्र ना नि यादवलाई घटना स्थलमै राखेको र इलाका प्रहरी कार्यालय ठोरी का प्रहरी निरीक्षक अशोक कुमार साह को नेतृत्व मा आएको प्रहरी टोलिले प्रनानी यादव र पेट्रोलियम पदार्थ ल्याउने व्यक्ति सहित ट्रेक्टर लाई ईलाका प्रहरी कार्यालय सेढवा मा राखी सहमति गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Sharing is caring!

Latest News

अबैध राङ्गा भैंसी प्रहरी द्वारा पक्राउ
बिहीबार, कार्तिक २० १९:२६
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
बिहीबार, कार्तिक २० १९:२६