३१ असार २०८३, बुधबार
शुक्रबार, कार्तिक २१ १७:१८

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको छ । ३४ हजार ९ सय ५ जना आइसोलेसनमा रहेका छन् ।

Sharing is caring!

कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको निधन
शुक्रबार, कार्तिक २१ १७:१८
कैलालीको अत्तरियामा रोकिएको कारमा अटो ठोकिदा ३ जना घाइते
शुक्रबार, कार्तिक २१ १७:१८