शनिबार, कार्तिक २२ १३:३७
कोरोना सङक्रमण का कारण कैलाली मा थप २जना को ज्यान गयो।
खबरचित्र सम्बादाता ।कात्तिक २२धनगढी /

कोरोना भाइरस सङक्रमण का कारण कैलाली मा थप २जना को ज्यान गएको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी का अनुसार टीकापुरका नगरपालिका १ पुरुष र बर्दगोरियाका १ महिलाको कोरोना संक्रमण का कारण ज्यान गएको हो ।जोशी का अनुसार टीकापुर नगरपालिका–१ का ३९ वर्षीय १ पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । उनीहरुको होम आईसोलेसनमा बसेका बेला मृत्यु भएको हो ।
हिजो मात्रै कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । १ जना महिला र १ जना वडा अध्यक्षको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
