नेपाल भारत जोड्ने दार्चुलाको अन्तर्राष्ट्यि झोलुंगे पूल२०मिनेट को लागि खुलाइयो।
खबरचित्र सम्बादाता ।नेपाल भारत जोड्ने दार्चुलाको झोलुंगे पूल आइतबार पनि खुलाईएको छ । २० मिनेटको लागि खुलाइएको पूलमा २१० जनाले आवत जावत गरेका छन् । सौका समुदायको सारदको लागि पूल खुलाइएको भनिएपनि पूलमा व्यापारीक समान ल्याउन सयौंको भीड लागेको हो ।
पूल घाटमा लागेको भीडले सुरक्षाकर्मीलाई समेत ठेलमठेलको अवस्था पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । प्रहरीलाई भीड नियन्त्रण गर्नै धौ धौ भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार ४८ जना पुरुष तथा ३९ जना महिला गरी ८७ जना भारतबाट नेपाल भित्रिएका छन् भने ५२ जना पुरुष तथा ७१ जना महिला गरी १२३ जना नेपालबाट भारत गएका छन् ।
भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु दिपावली तथा चाडपर्व मनाउन स्वदेश फर्केका हुन् । भने केहिभने दिपावली छोडेर भारतमा मजदुरी गर्न गएका छन् ।
पछिल्लो समय सरकारले सिमाक्षेत्रमा आएर फसेकाहरुका लागि दुबै देशेको समन्वयमा सिमा पुल खोल्ने गरेको छ । यसरी पूल खुलाउँदा सीमामा घुसपैठको सम्भावना उत्तिकै बढेको छ । कोरोनाको अवस्था सामान्य नभइरहेको अवस्थामा दिनहु जसो पूल खुलाउँदा संक्रमणको जोखिम झन बढ्दै गएको छ ।
भारतको धार्चुलाका ब्यापारीहरुको ब्यापार शुन्यमा झरेका बेला सीमा पुल पटक पटक खुल्दा भारतीय ब्यापारीहरु खुसी भएका छन् ।

