३० असार २०८३, मंगलवार
आईतवार, कार्तिक २३ २०:१७

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा न १ मिर्जापुरलाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा

पर्सा२३ कार्तिक/राजनकुमार बानिया।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा न १ मिर्जापुरलाई आज एक कार्यक्रमका बिच पुर्ण खोप वडा घोषणा गरिएको छ।

यस वडामा रहेका दुईवर्ष मुनीका ४५४ वटा बालबालिकाहरुलाई स्वास्थ्य चौकी सम्भौताका महिला स्वयम सेविकाहरुको सहयोगमा अनमी र अहेब हरुले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि आज वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो

स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर मा रहेको बिधालय को प्रयाग्न मा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।

छिपहरमाई गाउँपालिका स्वास्थ्य शाखा को अायोजनामा पुर्ण खोप वडा घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका अधयक्ष मनोज कुमार गुप्ताले मम्बती बालेर उदघाटन गर्नु भएको थियोे साथै घोषणा पत्र पढेर पुर्ण खोप घोषणा गर्नु भएको थियोे।

कोरोना महामारको समेत स्वास्थ्य कर्मी हरुले अाफ्नो जानको बाजी लगाएर घरघर गई खोप लगाई स्वास्थ्य सेवा दिएकोमा स्वास्थ्य कर्मी हरुलाई बधाई समेत दिनु भएको थियोे । सबै भन्दा पहिला मेरो स्वास्थ्य ,शिक्षा र कृषि प्राथमिकतामा रहेको कारण प्रतेक वडा हरुमा बर्थिंग सेन्टर स्थतपना गरिने बताए ।छिपहरमाई गाउँपालिका को दुई वटा वडामा बर्थिंग सेन्टर स्थापना गरेको छु मिर्जापुरमा बर्थिंग सेन्टर निर्माणको लागी ८० लाख रकम निकासा गरि निर्माण को काम अगाडि बढाएको छु।

तपाईहरुको अाशिर्अवाद र सहयोग रहेमा अब मेरो मिशन घर घरमा रोजगार र प्रतेक घर पकी बनाउने प्रतिबधाता अध्यक्ष गुप्ताले गरे।छिपहरमाई गाउँपालिकामा जन्मिने बालिका हरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रमको निरन्तर्ता दिएको बताए ।छोरी जन्मिने बितिकै बोझको रुपमा लिने गर्थियो तर अब जन्मिने बालिका हरु लाई बोझ को रुपमा नलिन अाग्रह समेत बताए । अब छिपहरमाई गाउँपालिका को बालबालिका हरु उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानु पर्दैन अाफ्नै गाउँ ठाउँ मा शिक्षा लिन सकिने अध्यक्ष गुप्ताले बताए

। उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बिरगंज मा गएर कोठा भाडा १० हजार दिनु पर्दैन अब अाफ्नै गाउँ घरमा पढन सकिने बताए ।पुर्णखोप वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले भने

खोपको बारेमा विषेशगरी १३ देखि २३ महिना को बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताउनु भयो। बिश्वब्यापी रुपमा रहेको कोरोना भाईरस रोग बाट बचन र बचाउन अहिले खोप नरहेको कारण समस्या देखिएको र अहिले जुन नियमित खोप चलिरहेका लाई निरन्तर्ता दिएर अाअाफणना बचा हरु लाई खोप दिलाउन अाग्रह समेत गरे ।

स्वास्थ्य कर्मी हरु को अहमभुमिका रहेको ले पैसा को साथै धर्म पनी कमाउ जरुरी रहेको। स्वास्थ्य कर्मी हरु ले ईमानदारी पुर्वक लागन अाग्रह समेत गरे। स्वास्थ्य कर्मी हरु को साथ मा रहेको छु जुनसुकै बेला स्वास्थ्य कर्मी हरुको दुख शुख मा साथै रहेको प्रमुख साह ले बताए। महिला स्वमसेबिका हरु लाई मेहनत को अलवा कुनै सुबिधा नरहेपनी निस्वार्थ सेवा गरिरहेका छन।

गाउँपालिका हरु बाट सकने जतिको सहयोग गरिने बताए ।महिला स्वास्थ्य स्वमसेबिका हरु को स्वम सम्मान बाहेक कुनै सेवा नरहेको बताए ।जति प्रसंसा गरे कमै हुन्छ।छिटै नै छिपहरमाई गाउँपालिका पुर्णखोप घोषणा गरिने

छिपहरमाई गाउँपालिकाको अाज पाचौ वार्ड पुर्णखोप घोषणा भएको छ। पुर्ण खोप घोषणा कार्यक्रम वार्डअधयक्ष राजबली यादवको अध्यक्षतामा समपन भएको थियोे।

पुर्णखोप घोषणा कार्यक्रममा छिपहरमाई गाउँपालिका का समसुल मियाँ , वार्डअधयक्ष महेन्द्र साह कलवार, बिनोद साह कानु,मौजीलाल साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह,अकलेश यादव, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी मिर्जापुर का प्रमुख प्रदिप दास,अहेब रामाकान्त महतो ,मुखलाल साह,भुपेन्द्र गुप्ता , रितु कुमारी यादव, अनमी सपना चौरसिया, समभौता स्वास्थ्य प्रमुख श्यामबाबु प्रसाद जयमंगलापुर स्वास्थ्य चौकी को प्रमुख मुन्ना कुमार साह, लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी , स्थानिय हरुको सहभागिता रहेको थियोे।

पुर्णखोप घोषणा गराउन मा सहयोग गरिने महिला स्वास्थ्य स्वमसेबिका हरु र स्वास्थ्यकर्मी हरु लाई दोसाला अोढाई र प्रमाणपत्र का साथै सम्मानित समेत गरेको थियोे ।

Sharing is caring!

कैलालीमा भारतर्फ तस्करी भइरहेको १५ क्वीन्टल अवैध केराउ बरामद
आईतवार, कार्तिक २३ २०:१७
पर्सामा आज तीन ठाउँमा बि ओ पि स्थापना
आईतवार, कार्तिक २३ २०:१७