२७ आश्विन २०८३, मंगलवार
बुधबार, कार्तिक २६ १८:०२

कोरोना नियन्त्रण का लागि१ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा

खबरचित्र सम्बाददाता।धनगढी ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले आर्थिक वर्ष २०७७/७८ मा कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

उनले त्यसमध्ये प्रयोगशाला परिक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख र आयसियु, भेन्टिलेटर र औषधि सुदृढिकरणका लागि १ अर्व २९ करोड ९० लाख रुयैयाँ निकासा भएको बताए ।

उक्त विनियोजित रकममा हाइ डेपिसेन्सी युनिटका लागि बिनियोजित ३ अर्ब २५ करोड समावेश भएको प्रवक्ता गौतमले बताए 

Sharing is caring!

Latest News

भारत मा पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
बुधबार, कार्तिक २६ १८:०२
काठमाडौ उपत्यका मा फेरि लकडाउन हुने सङ्केत ।
बुधबार, कार्तिक २६ १८:०२