वीपीको स्मृति दिवसको अवसरमा वृक्षारोपण
नेपाली काँग्रेस धनगढी उप–महानगरपालिका वडा नम्बर १४ वडा कमीटीले वीपीको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ ।
३७ औँ स्मृति दिवसको अवसरमा पूmलवारी खानेपानी आयोजनाको कम्पाउण्ड भित्र बृक्षारोपण गरिएको हो । नेपाली कांग्रेसका नेता मान बहादुर बिष्टको संयोजकत्बमा बिभिन्न जातका एक सय भन्दा बढी बिरुवा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रमममा नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको वडा नम्बर १४का सभापती हर्क बहादुर घिमिरेले जानकारी दिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बिपी कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् । कोइराला १९७१ भदौ २४ गते जन्मिएका थिए । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो जननिर्व्चित प्रधानमन्त्री बनेका थिए ।
