शुक्रबार, मंसिर ५ २३:४७
भारतको बेङ्ग्लोर जयनगर मा अटो दुर्घटना हुदा बझाङ का एक जना घाइते।

खबरचित्र सम्बादाता ब्यूरो न्युज ।सुदूरपश्चिमका एक युवक भारतमा सडक दुर्घटनाबाट घाइते भएका छन् ।
बझाङको थलारा गाउँपालिका वडा नम्बर ३ कुचका घर भएका कमल थापा भारतमा अटो दुर्घटना हुँदा घाइते भएका हुन् । बुधबार ब्याङ्लोरस्थित जयनगरमा उनले चलाएको अटो दुर्घटना भएको हो । उनको एक खुट्टा भाँचिएको छ ।
उपचारका लागि भारतीय ६ लाख आवस्यक परेको उनीसंगै रहेका गौतम विष्टले जानकारी दिए । उपचारमा रकमको अभाव भएको गौतमले बताए ।
