पर्साकोठोरीगाउँपालीका अध्यक्ष पदमलाल श्रेष्ठ द्वारा ठोरी २मा १५ सैयाकाे आधार भुत अस्पतालकाे शिलान्यास
मेघराज राय पर्सा जीराभवानी /मङ्सिर १५

पर्सा जिल्लाकाे ठोरी गाउँपालिका वडा न. २ मा प्राथमिक स्वास्थ्य केन्द्रकाे जग्गामा आज एक कार्यक्रमका बिच आधारभुत अस्पताल १५ सैयाकाे भवन गाउँपालीका प्रमुख पि एल श्रेष्ठले शिलान्यास गरेका छन ।
याे अस्पताल १८ कराेडकाे लागतमा हुनेछ तर अहिले तिन कराेड तैईस लाख बजेट आईसकेकाे छ ।ठोरी गाउँपालिका तथा ग्रामिण क्षेत्रमा बसाेवास गरेका हरेक तहका जनतालाई सुलभ तथा सरल तरिका बाट सेवा पाईयोस उदेश्यले अस्पतालकाे निर्माण हुन लागेकाे हाे। प्राथमिक स्वास्थ्य केन्द्र लाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्राे बनाईने र यहाँका विरामिहरु जाँच गराउन काठमाडाैं भरतपुर चितवन तथा सदरमुकाम बिरगंज जान्न नपायाेस उदेश्य रहेकाे श्रेष्ठले बताए ।यहाँ तिन ठाउँ वर्थिन सेन्टर शुरु भईसकेकाे र यसै आर्थिक वर्षमा बाँकि रहेकाे ठाउँमा अधारभुत सेन्टरहरु सिलान्यास भएर डेन्डर मार्फत बनाईने जानकारि गराए ।नेपाल सरकारकाे निति अनुसार प्रत्येक स्थानिय तहमा पाँच देखि पन्द्र सैयाकाे अस्पताल निर्माण गरिने कार्यक्रम रहेकाेले ठोरी स्वास्थ्य केन्द्रकाे जग्गामा पन्द्र सैयाकाे अस्पतालकाे आज ठोरी गाउँपालीका अध्यक्ष बाट शिलान्यास भएकाे ठोरी गाउँपालीका का स्वास्थ सम्योजक रमेश राज थिङ्गले बताए ।
