१५ असार २०८३, सोमबार
सोमबार, श्रावण ६ १८:१८

घोडाघोडीमा श्रमिकले श्रमको मुल्य पाएन्न श्रमिकहरु आन्दोलित


लोकु सिंह ठकुरी, सुखड,

धानमन्त्री रोजगार कार्यक्रममा श्राको मुल्य नपाएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वाड नम्बर १ का श्रमिकहरु आक्रोसित भएका छन । काम गर्दा लगाईएको वास्तबिक हाजिरी लुकाई किर्ते हाजिरी खडा गरी आर्थिक अनियमितता गर्न खोजेको उनीहरुको अरोप छ ।

आफुले लगातार ६ दिन काम गरेको भएपनि हाजिरीमा भने १ दिन मात्र देखाईएको श्रमिक राजकुमार बिष्टले बताए । उनले भने,.. रकम लिन बैंकमा जादा एक दिनको ५ सय १७ रुपैयाँ मात्र खातामा आएको रहेछ । त्यो पनि निकाल्नै मिलेन । नयाँ हाजिरीमा काम गरेको दिन घटाएर कम रकम भुक्तानि दिन खोजेको भन्दै उनीहरु आक्रोसित भएका हुन । किर्ते हाजिरीका आधारमा कम रकम भुक्तानि दिन खोजेकोले आफुहरु आक्रोसित हुनु परेको श्रमिक कबिता बलमे बताईन । श्रकिहरुले आज नगरपालिकाको रोजगार कार्यकक्ष घेराउ गरेका छन । वास्तबिक हाजिरी अनुसार आफुहरुले रकम भुक्तानि पाउनु पर्ने उनीहरुको माग रहेको छ । यता प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रोहित प्रसाद जोशीले भने ईस्टीमेट अनुसार १ लाख १२ हजारको मात्रै काम गर्नु पर्नेमा उनीहरुले २ लाखको हाजिरी पेश गरेको बताएका छन । तर श्रमिकहरुले भने रकमको कुरा नगरी ज्याला पाउने आश्वासन दिदै सबै काम सम्पन्न गर्न लगाएको बताएका छन । केही प्राबिधिक कम्जोरी हुन सक्ने भएकाले केही जनाको माग सम्बोधन गर्न सकिने भएपनि २ लाख नै निकासा दिन नमिल्ने संयोजक जोशीको भनाई छ ।

श्रमिकले आफनो श्रमको मुल्य माग गरिरहेका छन भने सरकारले रकम अनुसारको श्रम श्रमिकले नगरेको दाबि गरेको छ । रकम अनुसारको श्रम नदेखिएको तथा श्रमिकहरुले झारा टार्ने काम गरेको भन्दै १ लाख १२ हजारलाई दामासाइका रुपमा बितरण गर्ने नगरपालिकाले जनाएको छ भने सरकारले लागत श्रमको मुख्य नदिएमा चरणबद्ध आन्दोलन गर्ने श्रमिकहरुले बताएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएका आवेदनबाटै सरकारले छनौट तथा नाम निर्धारण गरी अघि बढ्न नसक्दा तथा जनातामा यस्को ज्ञान नहुदा यस्तो समस्या आएको वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले बताएका छन ।

Sharing is caring!

Latest News

पिआरटी समुहद्धारा ऐश्वर्यको प्रतिवेदन सार्वजनिक
सोमबार, श्रावण ६ १८:१८
प्रभु बैंकमा विदेशी मुद्रा साट्न ‘प्रभु ईजी फरएक्स’ मोवाईल एपको प्रयोग गर्न सकिने
सोमबार, श्रावण ६ १८:१८