२९ असार २०८३, सोमबार
चौलानी डिपार्टमेण्टलको ‘मंगलवार बजार’ धमाका
मंगलवार, माघ २० १४:३०

चौलानी डिपार्टमेण्टलको ‘मंगलवार बजार’ धमाका


धनगढी,
चौलानी डिपार्टमेण्टल स्टोरले ग्राहकहरुको सुबिधाका लागि आज देखि ‘मंगलवार बजार’ धमाका शुरु गरेको छ ।
चौलानीले ग्राहकहरुलाई आकर्षित गर्न शुरु गरेको यो अफर अन्तर्गत हरेक मंगलवार चौलानी डिपार्टमेण्टल स्टोरमा सामान खरीद गर्ने ग्राहकहरुलाई सामान खरीदमा भारी छुट दिने जनाएको छ ।
चौलानी डिपार्टमेण्टलमा सामान खरीद गर्ने ग्राहकहरुका लागि मंगलवार विशेष दिन हुनेछ, जसले हप्तामा अन्य दिनको तुलनामा हरेक सामानमा भारी छुट पाउनेछन्, चौलानी ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक मान सिंह साउँदले भने, ग्राहकहरुलाई बढि भन्दा बढि सुबिधा दिने सोच अनुसार हामीले यो अफर ल्याएका हौ ।
ग्राहकहरुको सेवा र सुबिधालाई हामीलाई जहिल्यै प्राथमिकतामा राखेका छौ, त्यही उद्देश्य अनुसार ‘मंगलवार बजार’ अफर शुरु गरेका हौ, साउँद भन्छन्, ग्राहकहरुलाई यो बिशेष अफरको लाभ उठाउन समेत आग्रह गर्दछौ ।
चौलानी ग्रुप अफ कम्पनीज अन्तर्गत हाल धनगढी मुल सडकमा डिपार्टमेण्टल स्टोर र चौराहामा मिनी मार्ट सञ्चालनमा छ । यो अफर दुई वटै स्टोरमा दिईने चौलानी ग्रुप अफ कम्पनीजले जनाएको छ । चौलानीको थप नयाँ मार्ट धनगढीको क्याम्पस रोडमा नयाँ वर्षमा सञ्चालनमा आउने छ ।
शुरुवात नयाँ सोचको भन्ने नारा सहित धनगढीमा स्थापना भएको चौलानी डिपार्टमेण्टल स्टोर सुदूर पश्चिमकै पहिलो डिपार्टमेण्टल स्टोर हो ।
चौलानी गु्रप अफ कम्पनीज अन्तर्गत डिपार्टमेण्टल स्टोर, निको रेष्टुरेन्ट, रेडमड कफी सप, क्लव चौलानी, फिटनेश सेन्टर, स्वीमीङ पुल, पिज्जा स्टेशन, चौलानी पुस्तक भण्डार लगायतका व्यवसायीक फर्महरु सञ्चालनमा छन् ।

Sharing is caring!

विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन ।
मंगलवार, माघ २० १४:३०
सुदुरपश्चिमका वादी समुदाय गाँस बासको माग गर्दै आन्दोलित
मंगलवार, माघ २० १४:३०