१८ बैशाख २०८३, शुक्रबार
मंगलवार, श्रावण ७ १२:०८

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको वडा कार्यालयमा अज्ञात समूहबाट आगजनी भएको छ। सोमबार राति लभगभ १२ बजे अज्ञात समूहले उक्त वडा कार्यालयमा आगजनी गरेको जोरायल इलाका प्रहरी कार्यालयका प्रमूख सई महेन्द्र थापाले जानकारी दिए। आग्जनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचर सहित वडाको छानासमेत जलेको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए। त्यसै गरी वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरुसमेत पूर्ण रुपमा जलेर नष्ट भएका र केहि फर्निचर मात्रै बाँकी रहेको वडा अध्यक्ष भट्टले जानकारी दिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, दुर्गा ओझा (जोरायल गाउँपालिका अध्यक्ष) मुर्दावाद, जोरायली जनता जिन्दावाद, जनताको एकता जिन्दावाद, जोरायले युवा एक हौं लगाएतका नाराहरु रहेको हस्त लिखित पर्चा घटना स्थलमा भेटिएको प्रहरीले जनाएको छ।

केहि समय पहिले जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’का लागि १० लाख बजेट विनियोजित गरी भुक्तानीसमेत भइसकेको र उक्त निर्णयको निकै विरोध भएको थियो। वडा कार्यालयमा आगजनी हुनुमा पनि त्यसको असर देखिएको छ। 
घटनाको मुचुल्का तयारीका लागि जोरायल इलाका प्रहरी कार्यालय प्रमूख थापा नेतृत्वको टोली अहिले घटनास्थलमा छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

Sharing is caring!

Latest News

‘जबसे नयन मिलल’ गीतको प्रोमो सार्वजनिक
मंगलवार, श्रावण ७ १२:०८
धनगढीमा हावाहुरी पीडितलाई राहत वितरण शुरु
मंगलवार, श्रावण ७ १२:०८