मंगलवार, माघ ११ १२:३१
दिपायल सिलगढी नगरपालिकामा इन्जिनियरिङ कलेज स्थापना हुने
डोटी: डोटीको दिपायल सिलगढी नगरपालिकाले इन्जिनियरिङ कलेज स्थापना गर्न जग्गा खरिद गरेर डोटी बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरेको छ। सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख मञ्जु मलासीले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेकी हुन्।
नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गरुङका अनुसार वडा नं ३ थाप्लामा १ सय २० रोपनी जमिन खरिद गरेर खप्तड इन्जिनियरिङ कलेजको नाममा लालपुर्जा बनाएर हस्तान्तरण गरेको हो। क्याम्पस निर्माणका लागि विगत ६ वर्षदेखिको योजना रहे पनि जग्गा नहुँदा निर्माण हुन सकेको थिएन।
