१० लाख पटक हेरिएको थारु कल्चर भिडियो बाबा के सगरम
सि .एस. फिल्म्स YOUTUBE च्यानल बाट अहिले सम्म सार्बजनिक भएका थारु भिडीयोहरु मा कल्चर थारु गित [बाबा के सगरम मा मुरिया] बोल को भिडीयो १० लाख पटक भन्दा बढी हेरिएको छ ।
सि. एस. फिल्म्स प्रा लि का निर्देशक श्री सतिश सिन्हाले भिडियो १० लाख दर्सकहरु ले हेरेको मा सम्पूर्ण कलाकारहरु प्राबिधिक टिम पत्रकार आम दर्सकहरु कला प्रेमी सबै लाई हार्दिक धन्यवाद दिनु भएको छ ।
राष्ट्रिय थारु गायिका सोमती थारु र गायक बिजय चौधरी को आवाज रहेको गित को भिडियोमा बिर चौधरी, भानु चौधरी ,लायसिंह चौधरी ,सुनिता दहित ,महिमा कुश्मी र रुप चौधरी को अभिनय रहेको छ ,छायांकन /सम्पादन सतिश सिन्हा र भिडीयो लाई निर्देसन सुधराम दहित ले गर्नु भएको छ।
कार्यक्रममा थारु मेघा स्टार संगत थारु ,थारु लोक गायक राजु चौधरी राज ,कलाकारहरु सुमित्रा चौधरी ,गंगा डगौरा ,छ्ल्लु दादा र केहि सिने पत्रकारहरु को उपस्तिथी रहेको थियो ।