बुधबार, असार २२ २२:१३
कैलाली कारागारलाई दुई नल्का सहयोग
जिल्ला कैलालीमा क्षमता भन्दा तेब्बर कैदिबन्दी रहेका छन ।त्यहाँको समस्या हल गर्न मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक गैरसरकारी संस्थाले कैदीबन्दीमा खानेपानीको असुविधा देखेपछि कैलाली कारागारलाई दुई नल्का सहयोग गरेको छ ।
बुधबार कैलाली कारागारमा १ सया ५५ फिट गहिराईका दुई नल्का गाडेर सहयोग गरेको हो ।
संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत कारगारलाई नल्का वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।यस अघि पनि साईन नेपालले जिल्ला कारागारमा पटक पटक स्वास्थ्यका समाग्रीहरु लगायत बितरण गरेको छ ।
