रहेनन बरिस्ठ लोक देउडा गायक कडायत
धनगढी , वरिष्ठ लोकदेउडा गायक हरिशचन्द्र कडायतको निधन भएको छ। ५४ वर्षीय उनको बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको मस्तिष्क घातका कारण मृत्युु भएको बताइएको छ। एक हप्ता अघि मस्तिष्क घातका कारण नवजीवन अस्पताल ल्याइएका उनलाई सेतीमा रेफर गरिएको थियो। बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका गायक कडायत हाल गौरीगंगा नगरपालिका-६ वनबेहडा बस्दै आएका थिए।
२०५० सालदेखि निरन्तर देउडा गायन क्षेत्रमा सक्रिय कठायतले सयौं प्रस्तुतिहरू बजारमा ल्याएका छन्। क्यासेटमार्फत गीत प्रस्तुत हुने समयमा उनी सुदूरपश्चिममा निकै चर्चित गायक थिए। पछिल्लो समय प्रविधि फेरिएसँगै उनका केही गीतमात्रै बजारमा छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने ठाडी भाका र देउडा गीतमा कठायत सबैभन्दा अग्रणी भागमा रहेर आफ्ना प्रस्तुतिहरू दिँदै आएका थिए। उनका ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘ल बिणी खान्या की’ जस्ता थुप्रै क्यासेटहरू चर्चित छन्।
