११ असार २०८३, बिहीबार
प्रसिद्ध जोरायल दुत्ते मेला
बिहीबार, कार्तिक १० १७:४९

प्रसिद्ध जोरायल दुत्ते मेला

डोटी,डोटी जोरायल क्षेत्रको प्रसिद्ध जोरायल दुत्ते मेला लागेको छ । प्रत्येक वर्ष भाइटीका दिन चुडयौलीथान परिसरमा यो मेला लाग्ने गर्दछ ।प्रत्येक वर्ष भाइटीका दिन सैगडा, रावतकट्टे र धनरास गाँउबाट दाइना, दमाहा र भोक्कर सहितको भोस्सो जात्रा निकालेपछि दुत्ते मेला सुरु हुन्छ । महाभारत कथामा उल्लेख गरिए अनुसार जरासन्धलाई राक्षस भनेर सम्बोधन गरिए पनि डोटी जोरायलको संस्कृतिमा यिनलाई देवता भनेर पुज्ने गर्दछन ।

यो जात्रा गरिएन भने ती देवता रिसाई जोरायलमा विविध अनिष्ट गराउन सक्ने विश्वास रहिआएको छ । जोरायल दुत्ते मेला सिलँगीबागस्थित शक्तिशाली देवता चडयौलीथानको प्रसन्नताको लागि गरिने स्थानीय बताउँछन् ।

भाइटीकाका दिन यहाँका सबै मानिसहरू बिहान आआफ्ना दिदी–बहिनीहरूका हातबाट टिका लगाइसकेपछि जोरायल गाउँपालिका वडा नं. ४ स्थित सिलंगीबाग बजारको मेला हेर्न जाने गर्छन् । यो मेलालाई स्थानीय भाषामा दुत्तेको मेला भनिन्छ । मेलालाई धार्मिक महोत्सवका रुपमा विकास गर्ने तयारी समेत गरिएको छ ।यो मेला चुड्यौलीथान परिसरमा हरेक वर्ष भाईटिकाको दिउसो, राती र अर्को दिन बिहानसम्म लाग्ने गर्दछ ।।

Sharing is caring!

Latest News

धनगढीमा ४ गते दिवाली फेस्ट आयोजना हुदै
बिहीबार, कार्तिक १० १७:४९
अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ
बिहीबार, कार्तिक १० १७:४९