समाजसेवी भक्तराज जोशीले भूकम्प पीडितलाई आर्थिक सहयोग गरे
धनगढी , समाजसेवी भक्तराज जोशीले पूर्वीचौकीका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । जोशीले बुधर गएको भूकम्पमा आफन्त गुमाएका ६ परिवारका सदस्यलाई किरिया खर्चका लागि नगद सहयोग गरेका हुन् ।
बिहानै घटना स्थलमा पुगेका जोशीले मृतकका आफन्तलाई भेटेर प्रति परिवार १० हजारका दरले ६० हजार नगर सहयोग गरेका हुन् । विगत देखिनै सामाजिक विभिन्न क्षेत्रमा क्रियाशील जोशीले विपतका समयमा समेत सहयोग गर्दै आएका छन् । उनी २०७२ सालको भूकम्प पीडितलाई समेत राहत र उद्धारमा खटिएका थिए ।

गरिबीको रेखामुनि रहेका जनताहरू आफ्नै पीडा, अभाव र समस्याले झेलिएका बेला एक्कासी आउने भूकम्प जस्ता विपतले झन् समस्यामा पार्ने गरेको जोशीले बताए । “उहाँहरूको जीवन नै जोखिममा रहेको समयमा मैले गरेको स्यानो सहयोगले ठूलो राहत त मिल्दैन होला,”उनले भने,”तत्कालका लागि समस्यामा परेका जनताहरूलाई थोरै सहयोग होस् र उहाँहरूको मनोबल उच्च रहोस् भन्ने उद्येश्यले सान्तोना दिन व्यक्तिगत सहयोग गरेको हुँ ।”

बुधर बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण गैरागाउँ छेद विच्छेद बनेको छ । सुतिरहेको अवस्थामा भूकम्पले घर भत्काउँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । भूकम्पका कारण सो गाउँका ९ वटा घर पूर्णरुपमा क्षति पुगेको छ भने दर्जन बढी घरहरू चर्किएका छन् ।
सुदूरपश्चिममा ४२ वर्षको अन्तरालमा ठूलो भूकम्प फर्किएको छ । २०३७ साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदुरपश्चिममा अर्को ठूलो भूकम्प गएको थिएन।
बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । सभार शिखर समाचार
