मंगलवार, मंसिर २० १७:०९
मतदातालाई धन्यवाद दिदै निर्वाचित उम्मेदवार: पन्त र देउवा
कैलाली प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित उम्मेदवारहरूले मतदातालाई धन्यवाद दिइरहेका छन् ।यसै बिच प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा निर्वाचित डिल्लीराज पन्त र प्रदेश सभामा विजयी प्रकाश देउवा पनि विभिन्न क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।मतदाताहरूले पनि नवनिर्वाचितहरूरलाई माला र अबिर लगाएर सम्मान गरिरहेका थिए । धनगढी उप महा नगरपालिका वडा नम्बर २ मा चोक ,टोलमा गइ मतदातालाई धन्यवाद दिएका हुन।
