“हरियर पियर लाल रंग छुवता मोरीक अंगअंग”होली गीत सार्वजनिक(भिडियो सहित)
धनगढी , फागुन १६,हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर “हरियर पियर लाल रंग छुवता मोरीक अंगअंग ” गीत सार्वजनिक गरिएको छ।
मेगा स्टार संगत थारु र नायिका सोनु थारुको अभिनित होली गीत सार्वजनिक भएको छ । चर्चित थारु गायक नरेश जोगी र गायिका मनिषा पोखरलको स्वर रहेको छ। मझ गाउमा छायांकन सम्पन्न भएको होली गीतमा गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। मेगा स्टार संगत थारु र नायिक सोनु थारुको रोमान्स् हेर्न सकिन्छ ।
भिडियोमा १० वर्ष पछि संगत थारु र सोनु थारुको एकैसंग एवै गीतमा अभिनय गरेका छन् । गितमा छायांकन सतिश कुमार सिन्हाले गर्नु भएको छ भने चर्चित निर्देशक सुधराम दहितले भिडियोलाई निर्देशन गरेका छन् । के पहिलेको जस्तै दर्सकहरुले संगत र सोनुको जोडीलाई माया गर्ने अपेक्षा नायिका थारुले लिएकी छिन। वर्षौ पछि दर्शकको माझमा आएको सोनु थारु र संगत चौधरीको जोडीलाई दर्शकहरुले मन पराउने विश्वास लिएको नायिका बताईन् ।होलि गीत सी.एस.फिल्म्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
