१८ बैशाख २०८३, शुक्रबार
सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक ( भिडियो सहित )
बिहीबार, असार ७ १२:४९

सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक ( भिडियो सहित )

७ असार २०८०, बिहीबार रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक भएको छ । गीतमा हिमांशु रायमाजी (गोधुली)को शब्द र कृष्ण पाण्डे (कृषा)को संगीत छ । गीतलाई रुबिन मगरले एरेन्ज गरेका हुन् ।

बाडुल्की लाग्दा मन परेको मान्छेले सम्झिएको भाव व्यक्त गर्ने गीतको भिडियोमा विकास सुवेदी र समारिका ढकाल फिचर्ड छन् । विकासको यो डेब्यु म्युजिक भिडियो हो ।

उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने विनोद बमले सम्पादन गरेका छन् । गीतमा राहुल बराइलीको कोरियोग्राफी छ।

Sharing is caring!

Latest News

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको निधन
बिहीबार, असार ७ १२:४९
‘भिखारी’ युट्युबको म्युजिक तर्फ ट्रेन्डिङमा एक नम्बरमा (भिडियो सहित )
बिहीबार, असार ७ १२:४९