१८ बैशाख २०८३, शुक्रबार
१२ गाउँ फिल्मका लागि विराज र न्यान्सीबीच कागजी सम्झौता
बुधबार, फाल्गुन १६ ११:१५

१२ गाउँ फिल्मका लागि विराज र न्यान्सीबीच कागजी सम्झौता

एक्सन नायक बिराज भट्टको निर्देशन गर्ने नयाँ फिल्म ‘१२ गाउँ’बाट पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का डेब्यू गर्न लागेकी हुन् । मंगलबार विराज र न्यान्सीबीच कागजी सम्झौता भएको छ । न्यान्सीले फिल्ममा काम गर्ने इच्छा पूरा हुन लागेकोमा खुसी व्यक्त गरेकी छन् ।‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो । हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले न्यान्सीलाई अनुबन्धित गरेका छौं,’ विराजले भने । न्यान्सीले २०२२ को मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी थिइन् । जापानमा भएको ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गरेकी न्यान्सी व्यावसायिक मोडल समेत हुन् । उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।विराज भट्ट स्वयंको मुख्य भूमिका रहने ‘१२ गाउँ’बाट उनका जेठा छोरा समीर भट्टले पनि डेब्यू गर्दैछन् । एक महिनाअघि विराजले छोराको एक आकर्षक तस्वीर सार्वजनिक गर्दै डेब्यूको पुष्टि गरेका थिए । त्यसपछि समीरको शारीरिक बनावट र लुक्सलाई लिएर चर्चा भैरहेको छ । हाल प्रि-प्रोडक्सनको चरणमा रहेको फिल्मको आगामी चैत १५ बाट छायांकन सुरु गर्ने तयारीमा विराज छन् ।
फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ । सन् २०२४ मा रिलिज हुने फिल्ममा उच्च स्तरीय एक्सन हुने विराजको दाबी छ । ‘१२ गाउँ’ उनकै कम्पनी विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बन्नेछ । उनले यसलाई आफ्नो करियरको महत्वाकांक्षी फिल्म मानेका छन् । २०७६ सालमा प्रदर्शन भएको ‘साङ्लो’बाट विराजले निर्देशनमा डेब्यू र अभिनयमा कमब्याक गरेका थिए ।

Sharing is caring!

Latest News

महाकाली बहुमुखी क्याम्पसको बत्तीसौँ वार्षिकोत्सव सम्पन्न कोशी डुङ्गा साबित भए: मन्त्री देउवा
बुधबार, फाल्गुन १६ ११:१५
धनगढी लेडिज जेसिजको अध्यक्षमा बिष्ट निरौला
बुधबार, फाल्गुन १६ ११:१५