अस्कर ईन्टरनेशनल कलेजद्वारा धनगढीमा चलचित्र शाक्षरता कार्यशाला सम्पन्न
चैत्र २२ धनगढी, अस्कर ईन्टरनेशनल कलेज(कलेज अफ फिलिम स्टडिज)को आयोजानमा धनगढीमा चलचित्र शाक्षरता कार्यशाला गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी कार्यशाला गरिएको हो । कार्यशालामा चलचित्रको ईतिहास, डिजिटल दुनियाँमा चलचित्र साक्षरताको अवस्था, चलचित्रको ईतिहास लगायतको विषयमा कार्यशालामा प्रकाश परिएको थियो ।
अस्कर कलेजका प्राचार्य तथा निर्देशक रामराज दाहालले यो कार्यशालाले चलचित्र प्रेमीहरूलाई फिल्म हेर्न उत्साहित गर्ने बताए। उनले आफू १३ वर्ष अगाडि धनगढी आउँदा र अहिले आउँदा धनगढीमा धेरै फरक पाएको बताए। सुदूरपश्चिमका विद्यार्थीहरूको ओस्कर कलेजले भविष्य निर्माण गरेको समेत प्राचार्य तथा निर्देशक दाहालले बताए। अबका दिनमा सिनेमासँगै पर्यटनमा पनि चलचित्र निर्माता तथा निर्माण गर्ने जो कसैले पनि सुदूरपश्चिमलाई जोड्नुपर्ने निर्देशक दाहालले बताए।
यस्तै कार्यशालामा अस्कर कलेजका प्रशासन प्रमुख तथा निर्देशक नविन न्यौपानले धनगढी क्षेत्र चलचित्र सुटिङ्गको लागि अझ गतिलो स्थान भएको बताए । उनले सुदूरपश्चिम पहाडी क्षेत्र र तराईको संमग स्थान हुनुको साथै विश्वकै प्रमुख गन्तव्यको रुपमा रहेको बताए। आफूले धनगढीमा सोचेभन्दा पनि बढी कार्यशाला गोष्ठीमा उपस्थित रहेका विद्यार्थी पाएपछि कार्यक्रम सफल रहेको न्यौपानेले बताए।
कार्याशालामा सुरज कट्वाल, नविन न्यौपाने, परासर वाग्ले लगायतले सहजीकरण गरेका थिए । उनले अबको पुस्ता चलचित्रमा अभिनय, उपकरण अपरेटर सहित डिजिटलाईजेसनमा समेत आवद्ध भएर रोजगारी पाउन सक्ने संभावना समेत रहेको बताएका थिए ।
सुदूरपश्चिम एकेडेमीका विद्यार्थीले पढाइसँगै चलचित्र सम्बन्धी पनि पढाई हुँदोरहेछ आफूले धेरै कुराहरू सिक्ने पाएकोमा विद्यार्थीहरूले खुसी व्यक्त समेत गरेका थिए।
कार्यशालामा कला संग्राैलाको सट मुभी बुट्टे रुमाल र राजकुमार राईको हेवन इज ब्याक दुईवटा सट भुमिसमेत विद्यार्थीहरुलाई देखाइएको थियो ।
