किसानलाई अनुदानमा च्यापकटर वितरण
धनगढी उप–महानगरपालिकाले ब्यावसायीक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा च्यापकटर वितरण गरेको छ ।
उप–महानगरको पशुस्वास्थ्य महाशाखाले नगरका ५ जना किसानलाई च्यापकटर मेसिन उपलब्ध गराएको हो । नगरप्रमुख नृपबहादुर वड र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले किसानहरुलाई च्यापकटर मेसिन हस्तान्तरण गरेका हुन । ब्यावसायीक रुपमा पशुपालन गर्ने किसानहरुलाई प्रविधी संगै बजारीकरण, घाँस बिउ समेतमा सहयोग गर्ने काम उप–महानगरपालिकाले गर्दै आएको छ नगरप्रमुख वडले भने, यस्ता सहयोगलाई यस पटक थप गर्ने योजना रहेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सोपकोटाले च्यापकटर मेसिनले किसानको समय बचत हुने बताए । बिजुलीबाट मेसिन चलाउन सकिने भएकाले घाँसलाई टुक्रा बनाउदा एउटै ब्यक्तिले काम गर्न सक्छ ।
नगरपशुस्वास्थ्य महाशाखाका प्रमुख भवानी भट्टले किनाको मागमा आधारीत भएर च्यापकटर मेसिन उपलब्ध गराएको बताए । हामीले सूचना प्रकाशित गरेका थियौ भट्टले भने, निर्धारीत समय भित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसान छनौट गरेका हौं ।