९ बैशाख २०८३, बुधबार
नक्सापास प्रक्रिया र बिद्युतिय नक्सापास प्रणाली सम्बन्धी धनगढीमा छलफल कार्यशाला गोष्ठी गरिएको छ ।
आईतवार, जेष्ठ २० ०६:०५

नक्सापास प्रक्रिया र बिद्युतिय नक्सापास प्रणाली सम्बन्धी धनगढीमा छलफल कार्यशाला गोष्ठी गरिएको छ ।

धनगढी।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,शहरी बिकास तथा भवन निर्माण बिभागको आयोजना तथा सँयुक्त राष्ट्र संघिय बिकास कार्यक्रमको सहकार्यमा शनिवार उक्त गोष्ठी गरिएको हो ।
स्थानिय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधी, प्रदेश तथा केन्द्रीय तहका सरोकारबालाहरुको सहभागीतामा नक्सापास प्रक्रिया र बिद्युतिय नक्सापास प्रणालीका बारेमा छलफल गरिएको बताइएको छ ।
शहरी तथा ग्रामिण क्षेत्रमा बन्ने जुनसुकै भौतिक संरचना सुरक्षित तथा प्राकृतिक प्रकोपबाट बच्नका लागी घरको अनिवार्य नक्सापास गर्नुपर्ने सहभागिले जोड दिएका थिए । कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालीकाका इन्जीनियर सुरज ओझाले भवन आचार संहिता र शहरी बिकास मापदण्ड अनुसार भवन तथा घर नक्सापास प्रक्रियामा ल्याउनुपर्ने सुझाब दिए । मानव सुरक्षा नै पहिलो प्राथमिकता रहेकाले पुराना बनेका तथा नयाँ निर्माण गरिने घर कुनै न कुनै प्रक्रियाबाट सुरक्षित बनाएर नक्सापास प्रक्रियामा ल्याउनुपर्ने उनले जोड दिएका छन् ।
बिभिन्न प्राकृतिक बिपदका कारण नक्सा पास प्रक्रियामा नआएका घरहरु जोखीममा पर्ने भएकाले स्थानिय तहले मापदण्डमा ल्याउनुपर्ने बताइएको छ । धनगढी उपमहानगरपालीकाका प्रमुख गोपाल हमालले स्वयम नगरवासीले घर नक्सा पास गर्न आफै जागरुक बन्नुपर्ने बताए । नक्सा पास गर्दा स्वयम ब्यक्ती तथा घरपरिवार समाजलाई बिपदबाट बच्न, ज्यान जोगाउन र पर्यावरण सुरक्षित राख्न आवश्यक रहेको उनले जोड दिएका छन् ।
सुदुरपश्चिम प्रमुख प्रदेश सचिव डाक्टर हरि प्रसाद लम्सालले नक्सा पास प्रक्रियामा ल्याउनु स्थानिय तहका जनप्रतिनिधी लाग्न जरुरी रहेको बताए । उनले सबै आमनागरिकलाई नक्सा पास गर्दा हुने सुबिधाका बारेमा अग्रसर गराउन्, क्षमता बिकास गराउन कार्यपालीकाको बैठक, बिद्यालयको बार्षिक भेला जस्ता कृयाकलाप मार्फत सो सम्बन्धमा जानकारी प्रदान गर्न सकिने बताए ।
शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक कुमार प्रसाद घिमिरेले आम नागरिकले नक्सा पास बिनै घर बनाउने गरेकाले यस्ले जतिसुकै बेला जोखीम निम्त्याउने बताए । उनले बेला बेला आउने बिपदका घटना र विपत पर्ने बेला मात्रै हामीले त्यो कुरा स्मरण गर्ने गरेका कारण समयमै यस्ता जोखीमबाट बच्न घरको अनिवार्य नक्सा पास आवश्यक पर्ने र सचेत बन्नु पर्ने बताए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले नक्सा पासका बिषयका सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यान गएकोले आफ्नो तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताएका छन् ।
कार्यक्रममा स्थानिय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,शहरी बिकास तथा भवन बिकास तथा भवन निर्माण बिभागका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

जेठ २१ गते नायक पल शाह धनगढी आउँदै ,पुजार सार्की फिल्म दर्शकसँगै हेर्ने
आईतवार, जेष्ठ २० ०६:०५
पर्यटन प्रबर्द्धनका लागि दाङको शान्तिनगरमा`चलचित्र बहस´
आईतवार, जेष्ठ २० ०६:०५