श्री जन जागृती आधारभूत विद्यालयमा वृक्षारोपण
श्री जन जागृती आधारभूत विद्यालय धनगढी -१५, कनरीले २०८१ श्रावण ०१ गते मंगलबारका दिन धनगढी उपमहानगरपालिका वडा न. १५ का वडाअध्यक्ष सुखदेव राना को प्रमुख आतिथ्यता विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त बृक्षारोपण कार्यक्रममा अभिभावक, शिक्षा प्रेमी, सामाजससेवी, बुद्धिजिबी, भलमान्सा, पुर्ब अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रममा सहभागी सम्पूर्णलाई टिसर्ट वितरण गरिनुका साथै अभिभावकहरुलाई टिसर्ट र बिरुवा समेत वितरण गरिएको थियो।
बिरुवा र टिसर्टहरू विभिन्न संस्था तथा व्यक्तिहरूले उपलब्ध गराउनु सहयोग गर्नु भएको थियो। बिरुवा धनगढी उपमहानगरपालिकाले ५० बोट आँप, धनगढी उपमहानगरपालिका वार्ड नं ३ वडाध्यक्ष राज बहादुर ऎरले २०० बोट ( आँप, लिची, अम्बा, सलिफा, निम, गोल्डमोर, अमला, ज्याक्रेटा, अन्य आदि,
कान्तिपुर नर्सरीका सुरेश बि.क ले १५ बोट आँप,लिची,कागती,
सब डिभिजन वन कार्यालय स्याउले१५ बोट गोल्डमोर र अमला गरि जम्मा विरुवा २८० वटा उपलब्ध गराएका थिए । भने त्यसै गरि टि सर्ट उपलब्ध गराउने संस्था तथा सहयोगी हाथहरुमा
ज्योति आयल स्टोर, कनरी ५६ वटा, श्री बेहडा बाबा सटिङ सुटिङ, हसनपुर २० वटा , सुदूरपश्चिमाञ्चल एकाडेमी (SPA), सन्तोशी टोल २० वटा,
एडुपल धनगढी १३ वटा, रामसिंह अटो रिपेयरिङ स्टोर्स, धनगढी १८ वटा, आरम्भ स्टेसनरी धनगढी १७ वटा, फ्रेन्डसिप गार्मेन्ट धनगढी ११ वटा, एसडिसी ट्रेडर्स, कनरी १० वटा ,स्टार प्रा.लि, धनगढी ६ हवटा, ज्ञानु सपिङ सेन्टर कनरी ५ वटा गरि जम्मा १७६ टि सर्ट उपलब्ध गराएका थिए। उक्त बृक्षारोपण कार्यक्रमको सम्पूर्ण संयोजन त्यसै विद्यालयका शिक्षक लक्ष्मण टमटाले गर्नु भएको थियो । वृक्षारोपण कार्यक्रममा सहभागी हुने सम्पूर्ण सबैलाई र सहयोगी हातहरुलाई विद्यालय तथा आफ्नो व्यक्तिगत तर्फबाट कार्यक्रमको संयोजन गर्नुहुने शिक्षक लक्ष्मण टमटाले धन्यवाद समेत दिनुभएको थियो ।
