५ बैशाख २०८३, शनिबार
नेपाल तरुण दल केन्द्रीय समिति सदस्यमा दिपेन्द्र बम मनोनीत
शनिबार, फाल्गुन २४ १६:०६

नेपाल तरुण दल केन्द्रीय समिति सदस्यमा दिपेन्द्र बम मनोनीत


धनगढी, नेपाल तरुण दल केन्द्रीय समिति सदस्यमा दिपेन्द्र बम मनोनीत
धनगढी, नेपाल तरुण दल केन्द्रीय समिति सदस्यमा दिपेन्द्र बमलाई मनोनियन गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका युवा नेता दिपेन्द्र बम मनोनीत भएका छन् । तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा नेता बमलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । उनी यस अघि कैलालीको जिल्ला अध्यक्ष भइसकेका थिए । नेता बमले कैलालीमा तरुण युवाहरुलाई संगठित गरि पार्टीका विभिन्न गतिविधि गरिसकेका छन् ।

कैलालीको जिल्ला अध्यक्षमा रहेर युवा परिचालनदेखि संगठन विस्तारसम्म गरेको कार्यको मूल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले आफूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको युवा नेता बमले बताए। आगामी दिनमा पनि पार्टीका हरेक गतिविधिमा सक्रिय भएर लाग्ने युवा नेता बमले बताए । फागुन ६ गते उनलाई मनोनयन गरेका हो। बम कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष समेत हुन्।

Sharing is caring!

Latest News

नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय परिषद् समारोहमा कैलाली सम्मानित
शनिबार, फाल्गुन २४ १६:०६
चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते देशभर प्रदर्शन हुने
शनिबार, फाल्गुन २४ १६:०६