१९ बैशाख २०८३, शनिबार
शनिबार, श्रावण ३२ १२:३५

वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन

वरिष्ठ कलाकार शुभद्रा  अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास  निधन भएको छ ।  ७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००३ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन् । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ुकन्यादानु सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन् ।  उनको शवलाई १२ : ३० बजे सम्म उनकोको निवास मा श्रद्धाञ्जलीको लागि राखिने र  १ बजे देखि ३ बजे सम्म पशुपति आर्यघाट लगिने कलाकार संघले जनाएको छ ।

अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।

नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् l

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् ।

नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्येष्टि गरिने जानकारी दिईन् । उनका १ छोरा र छोरी छन् ।

Sharing is caring!

Latest News

बडिमालिका दर्शन पछी जनै पूर्णिमा नाट्यस्वरीमा दर्शनार्थीहरुको घुइचो
शनिबार, श्रावण ३२ १२:३५
शक्ति यूवा क्लवद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना
शनिबार, श्रावण ३२ १२:३५