१० भाद्र २०८३, बुधबार
योजनाको गुणस्तर हेर्दै अनुगमनमा कडाइ
शनिबार, असार २१ २२:१४

योजनाको गुणस्तर हेर्दै अनुगमनमा कडाइ


डोटी, असार २१- असार मसान्त लाग्दै गर्दा निर्माण कम्पनीले हतारमा कमसल र गुणस्तरहीन काम गर्दै ठेक्का सकाउने प्रवृत्ति बढिरहेका बेला बडिकेदार गाउँपालिकाले प्राविधिकसहितको टोली लिएर अनुगमन थालेको छ ।
गाउँपालिका अध्यक्ष भैरव साउँद,अनुगमन टोली संयोजक तथा गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट (कलेल), प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, ईन्जिनियर दीपक बम तथा स्थानीय पत्रकारसहितको टोली योजनाको गुणस्तर तथा सम्झौता अनुसारको काम भए नभएको अनुगमन गर्न थालेको छ । अनुगमनका क्रममा काम अनुसारको भुक्तानी गर्ने र सम्झौता अनुसार काम नभए भुक्तानी रोकिने गाउँपालिका अध्यक्ष भैरव साउँदले बताए ।

असार मसान्त आउँदै गर्दा ठेकेदार कम्पनीले हतारोमा कमसल काम गर्दै सकाउने प्रवृत्ति बढेकाले त्यसको अनुगमन प्राविधिकसहितको टोलीले गरिन लागेको गाउँपालिका उपाध्यक्ष डम्मरी विष्ट (कलेल) ले बताइन् ।
बडिकेदारको ग्रामिण कृषि सडकहरु, सुनालेक- घाङल सडक, अल्लो प्रशोधन तथा मसला उद्योग लगायतका योजनाको अनुगमन गरिएको छ ।

Sharing is caring!

डोटीमा मदन भण्डारीको जन्मजयन्ती मनाइयो, वृक्षारोपण र माल्यार्पण गरिँदै वातावरण संरक्षणको
शनिबार, असार २१ २२:१४
‘पूर्ण बहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’
शनिबार, असार २१ २२:१४