नवज्योति माध्यमिक विद्यालयको व्यवस्थापनमा पुनः नागरी
कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीस्थित नवज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चक्र नागरी सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्। त्यस्तै ‘ सदस्यहरु कल्पना सिलाल , डम्मरी कुवँर ,सिमा नेपाली ,बिना ताम्राकार, र मान बहादुर बुढा निर्वाचित भएका हुन्।
अध्यक्ष नागरीको यो दोस्रो कार्यकाल हो। उनी विगतदेखि नै विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्दै आएका छन्। विद्यालयको समुन्नत भविष्यका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता अध्यक्ष नागरीले व्यक्त गरेका छन्।
विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्टले नव मनोनीत अध्यक्षलाई बधाई दिंदै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थप योजनाबद्ध प्रयास गरिने बताइन्।
स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा नवज्योति माविलाई गुणस्तरीय शिक्षाको नमूना संस्थाका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
