१२ बैशाख २०८३, शनिबार
रोयल सुट हाउसका प्रबन्ध निर्देशक सुरज रैकाज्यूलाई राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२
आईतवार, कार्तिक ३० ०८:५९

रोयल सुट हाउसका प्रबन्ध निर्देशक सुरज रैकाज्यूलाई राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२

धनगढी,कार्तिक २९, तिलक फिल्म्स प्रा.लि.को नवौँ वार्षिकोत्सवका अवसरमा रोयल सुट हाउस, धनगढीका प्रबन्ध निर्देशक सुरज रैकाज्यूलाई विशेष राष्ट्रिय युवा उद्यमी सम्मान–२०८२ प्रदान गरिएको छ।

विगत डेढ दशकदेखि स्वदेशी उद्योग–व्यवसाय प्रवर्द्धन, सेवामूलक कार्य तथा सामाजिक योगदानमा सक्रिय रहँदै आएका रैकाज्यूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सामाजिक संस्था र संघ संगठनमार्फत निरन्तर रूपमा समाजसेवामा समर्पित हुँदै आएका छन्। उद्योग–व्यवसाय क्षेत्रमार्फत राष्ट्र निर्माणमा पुर्‍याएको उल्लेखनीय भूमिकालाई उच्च कदर गर्दै तिलक फिल्म्सले यस वर्ष उहाँलाई विशेष सम्मान प्रदान गरेको हो।

कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम उप राष्ट्रपति सम्माननीय परमानन्द झा मुख्य अतिथिका रूपमा उपस्थित थिए। वरिष्ठ शिक्षासेवी तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न समारोहमा अध्यक्ष दिपक ओशीले रैकाज्यूका योगदानहरू भावी पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उद्योग व्यवसायमा युवा पुस्ताको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।

सम्मानित रैकाज्यूले आफूलाई प्रदान गरिएको यो सम्मानले अझ बढी जिम्मेवारीबोध गराएको बताउँदै आगामी दिनमा स्वदेशी उत्पादन, उद्यमशीलता र सामाजिक सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यक्रम कार्तिक २९ गते शनिबारका दिन सम्पन्न भएको हो।

Sharing is caring!

Latest News

धनबहादुर थापा मगरको “मुसुक्क हाँसिदेउ” भिडियो सुटिङ सम्पन्न, भल्कामा भव्य छायांकन
आईतवार, कार्तिक ३० ०८:५९
लोक–दोहोरी तथा देउडा स्वाद भरिएको ‘झल्को रयाको’ गीतको आकर्षक भिडियो सार्वजनिक(भिडियो सहित)
आईतवार, कार्तिक ३० ०८:५९