राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भीम बिष्ट
धनगढी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै भिम बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ।
यसअघि प्रतिष्ठानको नेतृत्व गर्दै आएका पुर्ण प्रसाद भाट निवर्तमान अध्यक्षका रुपमा रहेका छन्।
अधिवेशनबाट गठन गरिएको नयाँ पदाधिकारी सूची यसप्रकार छन।
वरिष्ठ उपाध्यक्ष: प्रेम विवश चन्द
प्रथम उपाध्यक्ष: सुरज शाह
द्वितीय उपाध्यक्ष: लिलाधर भट्ट
महिला उपाध्यक्ष: सरस्वती दाहाल
सचिव: लोकप्रसाद खनाल (लोकेश)
महिला सचिव: सरिता कठायत
कोषाध्यक्ष: नवीन साउद
सहसचिव: प्रभुराज पाण्डे
सहकोषाध्यक्ष: दुर्गादेवी सापकोटा
सहसचिव (मनोनित): बल ब. बोगटी
सदस्य (महिला)
शान्ति फुलारा, निर्मला पौडेल जोशी भण्डारी र कृष्णा सिराडी
सदस्य (खुला):
रमेश सिंह भण्डारी, सुरेश चन्द, अनिता बिष्ट, गोपालबहादुर बुढा, भीमबहादुर बिष्ट, गौरी ओझा, गणेश सुनार, डबल ताडी र सुरेन्द्र ताम्राकार चयन भएका छन्
अधिवेशनले सुदूरपश्चिम प्रदेशमा लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको पहिचान तथा अधिकार संरक्षणमा संस्थालाई अझै सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
