बुधबार, पुष ९ १५:२२
धनगढी उप–महानगरपालिकाका सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको निधन
धनगढी । धनगढी उप–महानगरपालिकाका सेवा निवृत्त कर्मचारी काशिराम अर्यालको ६० वर्षको उमेरमा दुःखद निधन भएको छ। हृदयघात भएपछि उपचारका लागि अतरीया अस्पताल लगिएका अर्यालको गएराति करिब ८ः३० बजे निधन भएको हो।
धनगढी उप–महानगरपालिका–७ देवरिया निवासी अर्याल मिलनसार, इमानदार तथा कर्तव्यनिष्ठ कर्मचारीका रूपमा परिचित थिए। लामो समयसम्म सार्वजनिक सेवामा समर्पित रहँदै आएका उनले सहकर्मीहरू तथा स्थानीयवासीबीच राम्रो छवि बनाएका थिए।
स्वर्गीय अर्यालका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। उहाँको असामयिक निधनप्रति धनगढी उप–महानगरपालिका परिवार, आफन्तजन तथा स्थानीयवासीले गहिरो शोक व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन्।
