१२ बैशाख २०८३, शनिबार
डोटीबाट उदाउँदै एमालेका बलिया दाबेदार दिर्घराज बोगटी : विकासको अनुभव, नीतिगत स्पष्टता र भविष्यको दृष्टि
शनिबार, पुष १९ २२:०२

डोटीबाट उदाउँदै एमालेका बलिया दाबेदार दिर्घराज बोगटी : विकासको अनुभव, नीतिगत स्पष्टता र भविष्यको दृष्टि


डोटी,नेकपा (एमाले) का नेता दिर्घराज बोगटी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटी जिल्लाबाट एक प्रभावशाली र बलिया दाबेदारका रूपमा अगाडि देखिन थालेका छन्। स्थानीय तहमा नेतृत्व गर्दै विकासका ठोस र देखिने परिणाम दिएका बोगटीलाई पार्टीभित्र मात्र होइन, आम नागरिकका बीच पनि अनुभवी, कार्यसम्पादनमा आधारित र दूरदर्शी नेताका रूपमा हेरिँदै आएको छ।
स्थानीय सरकार सञ्चालनको पहिलो कार्यकालमै विकास र सुशासनको उदाहरण प्रस्तुत गरेका बोगटीले वि.सं. २०७४ देखि २०७९ सम्म पुर्बिचौकि गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उक्त अवधिमा उनले स्वास्थ्य, ऊर्जा, पूर्वाधार, प्रशासनिक सुधार तथा पर्यटन विकासलाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले काम गरेका थिए, जसका प्रभाव आज पनि स्थानीयस्तरमा देख्न सकिन्छ।
स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि
बोगटीको कार्यकालको सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये एक स्वास्थ्य क्षेत्रमा देखिन्छ। दुर्गम भूगोलका कारण सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा बाहिर जान बाध्य नागरिकका लागि १० शैयाको अस्पताल स्थापना गर्नु उनको कार्यकालको ऐतिहासिक उपलब्धि मानिन्छ। यस अस्पताल सञ्चालनमा आएपछि गाउँमै आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ, जसले स्थानीयको समय, खर्च र जोखिम कम गरेको छ।
ऊर्जा र उज्यालो पालिकाको अवधारणा
ऊर्जा क्षेत्रको विकासलाई बोगटीले समग्र आर्थिक रूपान्तरणको आधार मानेका थिए। उनका नेतृत्वमा १.५ मेगावाट क्षमताको गंण्डिगाड हाइड्रोपावर आयोजना अघि बढाइएको थियो। साथै, गाउँपालिकाका १ देखि ७ वटै वडामा विद्युत् विस्तार गरी “उज्यालो पालिका” निर्माण गर्ने अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ। यसले घरेलु जीवन सहज बनाउनुका साथै साना उद्योग, कृषि प्रशोधन र स्वरोजगारका सम्भावनालाई पनि बलियो बनाएको छ।
पूर्वाधार विकासमा ठोस लगानी

पूर्वाधार विकासतर्फ पनि बोगटीको कार्यकाल उल्लेखनीय रह्यो। करिब ४० करोड रुपैयाँ लागतमा सानागाउँ–गाजरी पोखरी सडक निर्माण भएपछि स्थानीय आवागमन सहज भएको छ। यस सडकले ग्रामीण बस्तीलाई बजार, सेवा र आर्थिक गतिविधिसँग जोड्दै समग्र गाउँपालिकाको आर्थिक चलायमानता बढाएको स्थानीयको भनाइ छ।
त्यस्तै, गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाह थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनेको छ। यसले स्थानीय सरकारप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पर्यटन र धार्मिक क्षेत्रको प्रवर्द्धन
बोगटीले विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी पर्यटन र संस्कृतिसँग जोडेर अघि बढाएका थिए। करिब ५ करोड रुपैयाँको लागतमा रान्ढुगा पर्यटकीय धार्मिक क्षेत्र निर्माणको काम अघि बढाइएपछि धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुगेको छ। यसले स्थानीय रोजगारी, व्यवसाय र सांस्कृतिक पहिचानलाई समेत टेवा पुर्‍याएको छ।
लेखक, चिन्तक र योजनाकारको छवि
बोगटी केवल विकास योजनाकार मात्र होइनन्, उनी लेखक र चिन्तकका रूपमा पनि परिचित छन्। उनका ‘हाम्रो संस्कृति तथा पर्यटन सम्भावनाको एक झलक’, ‘परिवर्तनका श्रृंखला’ र ‘जुनकीरी’ भाग–१ जस्ता पुस्तकहरू पाठकबीच चर्चित छन्। यी कृतिहरूमा संस्कृति, पर्यटन, सामाजिक रूपान्तरण र विकासका सम्भावनालाई व्यवहारिक दृष्टिले प्रस्तुत गरिएको पाइन्छ।
अन्तर्राष्ट्रिय अनुभव र दृष्टि
नीति निर्माण र विकास अभ्यासका अन्तर्राष्ट्रिय अनुभव लिन बोगटीले जर्मनी, अष्ट्रिया, फ्रान्स, बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्याण्ड, टर्की, चीन, थाइल्याण्ड (बैंकक) र इन्डोनेशिया लगायतका मुलुकको भ्रमण गरेका छन्। ती अनुभवलाई स्थानीय सन्दर्भसँग जोड्दै लागू गर्ने प्रयास उनले स्थानीय तहमा गरिसकेका छन्।
युवा, रोजगारी र उत्पादनमुखी अर्थतन्त्रमा जोड
देशमा बढ्दो बेरोजगारी, युवा पलायन र आयातमुखी अर्थतन्त्रप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बोगटीले अबको राजनीतिक निकास युवा रोजगारी, सुशासन र उत्पादनमुखी अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने बताउँदै आएका छन्। उनका अनुसार विकासलाई डिजिटल प्रणाली, कृषि र पर्यटनको एकीकृत मोडेल तथा Water Multiple Use System (WMUS) जस्ता अवधारणासँग जोडेर अघि बढाउनुपर्छ।
स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग, कृषिमा प्रविधि, ज्ञान र सीपको उपयोगमार्फत उत्पादन वृद्धि गर्दै आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने नीतिले मात्र बसाइँसराइ रोक्न सकिने बोगटीको स्पष्ट धारणा छ।
प्रतिनिधि सभातर्फ बलियो दाबी
स्थानीय तहमा देखिने गरी विकासको नेतृत्व गरिसकेका, विचार र व्यवहार दुवै पक्षमा सक्रिय दिर्घराज बोगटी आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट एमालेका तर्फबाट एक विश्वसनीय, बौद्धिक र प्रभावशाली उम्मेदवारका रूपमा उदाउँदै गएका छन्। अनुभव, कार्यसम्पादन र स्पष्ट दृष्टिको संयोजनका कारण उनी डोटीको समग्र विकासलाई संघीय तहमा प्रभावकारी रूपमा उठाउन सक्ने नेताका रूपमा हेरिन थालेका छन्।

Sharing is caring!

Latest News

हिमालयन लाईफ इन्स्योरेन्स धनगढीका हर्कसिंह पर्पालाले ६ पटक MDRT हासिल गर्दै रचे नयाँ इतिहास
शनिबार, पुष १९ २२:०२
फिल्म ‘आ बाट आमा’मा नेवारी गीत समावेश, ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि रेकर्ड
शनिबार, पुष १९ २२:०२