१२ बैशाख २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन: डोटीबाट एमालेका उम्मेदवार सिफारिसमा दीर्घ बोगटी अग्रपंक्तिमा
आईतवार, पुष २० २०:५५

प्रतिनिधिसभा निर्वाचन: डोटीबाट एमालेका उम्मेदवार सिफारिसमा दीर्घ बोगटी अग्रपंक्तिमा

डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) डोटी जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरेको छ। सो सिफारिस सूचीमा दीर्घ बोगटीको नाम विशेष रूपमा चर्चामा आएको छ।
जिल्ला कमिटीको आज सम्पन्न बैठकले बोगटीसहित आठ जनाको नाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरेको हो। लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क र स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बोगटीलाई सक्षम, जनआधारित र संगठनप्रति निष्ठावान नेताका रूपमा हेरिएको एमाले डोटीले जनाएको छ।
पार्टीभित्र निरन्तर सक्रियता र स्थानीय समस्याप्रति उठान गर्दै आएका बोगटी पछिल्लो समय प्रतिनिधिसभा सदस्यका सम्भावित बलिया दाबेदारका रूपमा देखिन थालेका छन्। जिल्लामा उनको सामाजिक स्वीकार्यता र संगठनभित्रको प्रभावका कारण सिफारिस प्रक्रियामा उनको नाम महत्वपूर्ण रूपमा अघि बढेको नेताहरूको भनाइ छ।
एमाले डोटी सचिव पदमराज भट्टका अनुसार, आजको बैठकले दीर्घ बोगटीसहित लेखराज भट्ट, चक्र मल्ल, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर र दीपक धामीको नाम सिफारिस गरेको हो।
अब पार्टीको केन्द्रिय निर्णयपछि उम्मेदवार टुंगो लाग्नेछ। जिल्लामा दीर्घ बोगटीलाई उम्मेदवार बनाउने विषयले राजनीतिक वृत्तमा थप चासो र चर्चा बढाएको छ।

Sharing is caring!

Latest News

फिल्म ‘आ बाट आमा’मा नेवारी गीत समावेश, ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा पनि रेकर्ड
आईतवार, पुष २० २०:५५
धनगढी डान्स च्याम्पियनसिप सिजन ४ को फाइनल पौष २५ गते, नृत्य निर्देशक सुनिल क्षेत्रीको विशेष उपस्थिति
आईतवार, पुष २० २०:५५