१७ बैशाख २०८३, बिहीबार
एसके सिनेमा हल सम्मानित
मंगलवार, चैत्र ३ १०:१६

एसके सिनेमा हल सम्मानित

धनगढी ,चलचित्र पत्रकार सङ्घ नेपाल, कैलाली शाखाको दोस्रो अधिवेशनको अवसरमा पहलमानपुरस्थित एसके सिनेमा हललाई सम्मान गरिएको छ। कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामीले सिनेमा हललाई कदर पत्रसहित सम्मान गरेका हुन्।सिनेमाहल स्थापना गरी नेपाली चलचित्रको विकास, विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। कदर पत्रमा नेपाली चलचित्र संस्कृतिको संरक्षण, स्थानीयस्तरमा चलचित्रप्रतिको आकर्षण वृद्धि तथा कला–संस्कृतिको प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय र प्रेरणादायी रहेको उल्लेख गरिएको छ।साथै, सिनेमा हलको योगदानप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि नेपाली चलचित्र क्षेत्रको उन्नति र समृद्धिमा निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।

Sharing is caring!

Latest News

धनगढीमा परिश्रमी ग्रीनफिल्ड रेस्टुरेन्ट तथा रिसोर्ट’ सञ्चालनमा
मंगलवार, चैत्र ३ १०:१६
बैशाख ११ गते रिलिज हुने फिल्म ‘परालको आगो’ को ‘उडि जाउँ भने,म पंक्षी होइन’गीत रिलिज
मंगलवार, चैत्र ३ १०:१६