२ बैशाख २०८३, बुधबार
‘राम नाम सत्य’को दबदबा : सुदूरपश्चिमका हलमा चार–चार शो, अन्य फिल्म विस्थापितसमा
बुधबार, बैशाख २ २२:१८

‘राम नाम सत्य’को दबदबा : सुदूरपश्चिमका हलमा चार–चार शो, अन्य फिल्म विस्थापितसमा

चार:२७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ सुदूरपश्चिमका विभिन्न सिनेमा हलहरूमा उल्लेखनीय रूपमा सफल देखिएको छ। दर्शकको उच्च मागका कारण उक्त क्षेत्रमा फिल्मले चार–चार वटा शो प्राप्त गरेको छ।फिल्मप्रति बढ्दो आकर्षणका कारण हिन्दी लगायत अन्य चलचित्रका शोहरू समेत हटाएर ‘राम नाम सत्य’लाई प्राथमिकता दिइएको छ। यसले फिल्मप्रतिको दर्शकको उत्साह र लोकप्रियता स्पष्ट देखाउँछ।पछिल्लो समय ‘राम नाम सत्य’ले सुदूरपश्चिम मात्र नभई देशभर नै बढी शो पाउँदै गएको छ। फिल्मको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयले दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया आउन थालेको छ।

Sharing is caring!

Latest News

प्रभात पाल ठकुरी र नीति शाह अभिनीत ‘जदौ’ फिल्मको पोस्टर सार्वजनिक
बुधबार, बैशाख २ २२:१८