१५ जेष्ठ २०८३, शुक्रबार
टिकटकमा भाइरल ‘पहाडकी महिना’ गीतमाथि प्रतिलिपि अधिकार दाबी
शुक्रबार, जेष्ठ १५ १०:०४

टिकटकमा भाइरल ‘पहाडकी महिना’ गीतमाथि प्रतिलिपि अधिकार दाबी


धनगढी,टिकटकमा चर्चित बनेको ‘पहाडकी महिना’ गीतमाथि प्रतिलिपि अधिकारको विवाद उत्पन्न भएको छ। चौतारी म्युजिकका प्रोप्राइटर सुरेन्द्र विक स्मृति ले उक्त गीत आफ्नो कम्पनीमार्फत छ महिनाअघि सार्वजनिक गरिएको ‘निर्गुनी सुवाको माया’ गीतसँग हुबहु मिलेको दाबी गरेका छन्।
उनका अनुसार एक साताअघि रिलिज गरिएको ‘पहाडकी महिना’ गीतले आफ्नो सिर्जनासँग समानता राखेकाले प्रतिलिपि अधिकार दाबी गरिएको हो। यसअघि पनि गीत मिलेको विषयमा जानकारी गराइएको भए पनि चासो नदिइएको भन्दै उनले युट्युबमा निषेध लगाएको बताएका छन्।
रमेश बिजुली को निर्देशनमा तयार भएको उक्त गीत प्रेम देउबा को युट्युब च्यानलमा अपलोड गरिएको करिब आठ घण्टापछि नै सुरेन्द्र विक स्मृतिले प्रतिलिपि अधिकार दाबी गरेका हुन्।
रमेश बिजुली, झरना बोहरा, मनिषा सिंह र रायन आचार्य को अभिनय रहेको ‘पहाडकी महिना’ अहिले टिकटकमा निकै भाइरल भइरहेको छ।
प्रोप्राइटर सुरेन्द्र स्मृतिले आफ्नो गीत पनि टिकटक तथा युट्युबमा चर्चित रहेको बताएका छन्। तर युट्युबमा भने प्रतिलिपि अधिकार विवादका कारण दर्शकले गीत हेर्न पाएका छैनन्।
चौतारी म्युजिकका प्रोप्राइटर विकले सम्झौताअनुसार गीत उपलब्ध गराइए आफ्नो कम्पनीमार्फत सार्वजनिक गर्न सकिने बताएका छन्। प्रेम देउबा र रेखा जोशी को आवाज रहेको ‘पहाडकी महिना’ अहिले दर्शकको प्रतीक्षामा रहेको छ।

Sharing is caring!

Latest News

धनगढीमा ‘कुम्भ’को प्रचारप्रसार, कलाकार रोबर्ट सिंह बडेलाद्वारा फिल्म हेर्न आग्रह
शुक्रबार, जेष्ठ १५ १०:०४