२८ जेष्ठ २०८३, बिहीबार
छ वर्षदेखि थन्किएको डोटेली चलचित्र ‘नन्दी’ : गीत हिट, फिल्म अझै रिलिजको पर्खाइमा
बिहीबार, जेष्ठ २८ १७:५२

छ वर्षदेखि थन्किएको डोटेली चलचित्र ‘नन्दी’ : गीत हिट, फिल्म अझै रिलिजको पर्खाइमा

धनगढी,सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिलाई पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘नन्दी’ निर्माण सम्पन्न भएको ६ वर्ष बितिसक्दा पनि प्रदर्शनमा आउन सकेको छैन। अभिनेता तथा निर्माता विनोद बोहरा (बोक्टानी किङ) अभिनीत उक्त चलचित्र दर्शकमाझ पुग्न नसक्दा यसको चर्चा फेरि चुलिएको छ।फिल्मको चर्चित गीत ‘आटा आटा ओ साइबाउ’ भने दर्शकमाझ निकै लोकप्रिय बनेको छ। रवि ओड र सरु गौतम को स्वर रहेको गीतका शब्द अविनाश थापाले लेखेका हुन्। उक्त गीतको कोर्योग्राफर राजपाठक र जनकपुर हुन्। गीतले युट्युब तथा सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएपछि दर्शकहरूले चलचित्र प्रदर्शनको माग गर्दै निरन्तर टिप्पणी गरिरहेका छन्।विनोद बोहरा (बोक्टानी किङ) को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा उनी स्वयं र अलिसा चाड को मुख्य भूमिका रहेको छ। चलचित्रको छायाङ्कन विशेषगरी सुदूरपश्चिमका कैलाली र डोटी का रमणीय स्थानहरूमा गरिएको छ।चलचित्रका निर्देशक बाबु थिङ हुन् भने छायाङ्कन साहिल चौधरी र सम्पादन सतिश सिन्हाले गरेका छन्। चलचित्रका संगीतकार भीम बिसी हुन्।नायक तथा निर्माता विनोद बोहराका अनुसार चलचित्र पूर्ण रूपमा निर्माण सम्पन्न भए पनि उचित बजार व्यवस्थापन र वितरणको अभावका कारण प्रदर्शनमा ल्याउन सकिएको छैन। उनले अहिले पनि चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा रहेको र कुनै वितरक (डिस्ट्रिब्युटर) ले लिन चाहे आफू दिन तयार रहेको बताएका छन्।डोटेली भाषा, संस्कृति र सुदूरपश्चिमको मौलिक परिवेशलाई समेटेर निर्माण गरिएको चलचित्र ‘नन्दी’ दर्शकमाझ कहिले आउला भन्ने प्रतीक्षा अझै कायम छ। गीतले सफलता पाए पनि फिल्म भने आठ वर्षदेखि रिलिजको पर्खाइमै रहेको छ।

Sharing is caring!

Latest News

विदेशी भिनाजु र कान्छी सालीको अधुरो कथा बोकेको ‘मेरी कान्छी साली २ बाडुली’ सार्वजनिक
बिहीबार, जेष्ठ २८ १७:५२