सोमबार, असार ८ ०९:०५
धनगढीमा सवारी दुर्घटना : अभिनेता विराज भट्टका दाजुको निधन
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट चोकमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति नेपाली चलचित्र क्षेत्रका अभिनेता विराज भट्टका दाजु, गोदावरी नगरपालिका–५ गेटाका ६५ वर्षीय चेतराज भट्ट रहेका छन्।प्रहरीका अनुसार हायस गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भट्ट गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।कैलाली प्रहरीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा संलग्न हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।पारिवारिक स्रोतका अनुसार स्वर्गीय चेतराज भट्टको अन्त्येष्टि आज बिहान १० बजे गोदावरी आर्यघाटमा गरिनेछ।
