१० श्रावण २०८३, आईतवार
निशा सन्ज्याल बनिन् प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३
आईतवार, श्रावण १० ०८:५०

निशा सन्ज्याल बनिन् प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३

धनगढी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना तथा प्रतिष्ठान कैलाली र कञ्चनपुर जिल्ला कार्यसमितिको सहआयोजनामा पहिलो पटक आयोजित ‘सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ सम्पन्न भएको छ।प्रतियोगितामा निशा सन्ज्याल प्रथम भएकी ‘सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ को उपाधि जित्न सफल भइन्। जेनिशा नेपाली द्वितीय र टिका साउद तृतीय घोषित भए भने झुमा क्षेत्री ले सान्त्वना पुरस्कार प्राप्त गरिन्।यसैगरी, पदम बि.सी. उत्कृष्ट गायक तथा दिपा बम उत्कृष्ट गायिकाका रूपमा सम्मानित भए।प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले सुदूरपश्चिमका प्रतिभावान लोकदोहोरी कलाकारको पहिचान, नयाँ प्रतिभाको खोजी तथा नेपाली लोकगीत–सङ्गीतको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश कार्यसमितिले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिभाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Sharing is caring!

Latest News

नोएडा फिल्म सिटीमा नेपाली चलचित्र ‘गुन्यो चोलो’को विशेष प्रदर्शन
आईतवार, श्रावण १० ०८:५०