१२ असार २०८३, शुक्रबार
आईतवार, भाद्र ८ १२:१८

तरकारी खेतीबाटै जिविको पार्जन


कैलालीकोे धनगढी उपमहानगरपालीका वडा नं ८ मा एक परिवारले तरकारी खेतीबाटै जिविको पार्जन गरीरहेका छन । विगत ३ वर्ष देखी तरकारी लगाएर राम्रो आम्दानी गरिरहेका छन्।

कैलालीकोे कैलारि गाउँपालिकाका दाजु भाई संजिव र सन्तोषले धनगढीमा आएर व्यवसयि तरकारि खेती गरिरहेका छन। उनिहरुले धनगढी उपमहानगरपालीका वडा नं ८ शुभकामना टोलमा १ विघा जग्गा भाडामा लिएर १ लाख ५० हजार लागानी बाट व्यवसयि तरकारि खेती सुरु गरेका थिए। अहिले उनीहरुको मेहनतले वर्षमा करिव ६ लाख आम्दानीे हुने कृषक संजिव चौधरिले बताए। बेमौसमि मौसमि तरकारि काँकरा बोडी, चिचिन्ना काउली, आलु,बन्दा ,टमाटर,खुर्सानी रहिउदे मकै,केरा खेती लगायतका कृषि खेतीबाट मनग्गे आम्दानी भएको उनले बताए


कुनै पनि संस्थाको सहयोग नभएर आफ्नै निजि लगानी गरेर सुरु गरेको तरकारि खेतीमा सुरुको वर्ष केहि घाटा बेहोर्न परे पनि अहिले भने दोव्बर आम्दानी आर्जन गरि रहेको कृषक सन्तोष चौधरिले बताए। उनले भने राम्रो आमदानि भएकाले कृषि उपकरण ट्याक्टर, मोटर,लगायत मोटर साईकल खरिद गरेको छु ।तरकारी खेतीबाट पनि विदेशको भन्दा राम्रो कमाई गर्न सकिन्छ भनने उदाहरण हामीले दिएको जस्तो लाग्छ।


धनगढी उपमहानगरपालीका वडा नं ८मा आएर युवा पिडिले राम्रो काम गरेरको प्रति खुसी व्यक्त गदै वडा नं ८ का वडाध्यक्ष नारायण वरालले विदेश जाने युवाका लागी प्रेणादायि मुलक पात्रलाई जुन सुकै मुलुक बाट आए पनि गरि खाने व्यक्तिलाई सरकारले हर्नु पर्ने बताए। विगतमा आफ्नै उपभोगका लागि मात्र जेनतेन अलिकति तरकारी खेती गर्ने गरेका थिए तर वडा नं ८ का किसानले पछिल्ला केही वर्षयता व्यवसयि तरकारि खेती गरि प्रशस्त आम्दानी गर्न थालेका छन्। वडाध्यक्षले भने पैसा कमाउन जागिर खानैपर्दछ या विदेश जानु पर्दछ भन्ने मान्यता तोड्दै दूई जना दाजुभाईले धनगढी उपमहानगरपालीका वडा नं ८को सोभा बढाएको बताए।

Sharing is caring!

Latest News

भदौ ७ गतेफूलबारीमा बृहत डेउडा प्रतियोगीता हुदै
आईतवार, भाद्र ८ १२:१८
सुनको मूल्यले बनायो फेरि रेकर्ड, प्रतितोला ७२ हजार ५ सय
आईतवार, भाद्र ८ १२:१८