१९ बैशाख २०८३, शनिबार
शुक्रबार, भाद्र १३ १८:११

थारु पत्रकार संघमा पुनःअध्यक्ष चौधरी

थारु पत्रकार संघ कैलालीको अध्यक्षमा पुनः प्रेम चौधरी चयन भएका छन् । शुक्रबार धनगढीमा भएको संघको अधिवेशनबाट चौधरीको अध्यक्षतामा सर्वसम्मतले ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । 
संघको उपाध्यक्षमा सागर कुश्मी, सचिवमा दिनेश दहित, सह–सचिवमा सुधराम दहित, कोषाध्यक्षमा भानुप्रताप राना थारु चयन भएका छन् । यसैगरी, सदस्यहरुमा रामदुलारी राना थारु, नरेन्द्र चौधरी, प्रेमलाल चौधरी, बलराम चौधरी चयन भएका छन् । दुई जना सदस्यभने कार्यसमितिले बैठकबाट मनोनित गर्ने जनाइएको छ ।
यसैबीच, भदौं २० गतेदेखि चितवनमा हुन गइरहेको थारु पत्रकार संघको केन्द्रीय अधिवेशनका लागि कैलालीबाट जाने प्रतिनिधि र पर्यवेक्षक समेत चयन गरिएको छ । कैलालीमा थारु समुदायका ४४ जना पत्रकार रहेका छन् । 

Sharing is caring!

Latest News

डडेल्धुरा जिप दुर्घटनामा एकको मृत्यु
शुक्रबार, भाद्र १३ १८:११
जलवायु परिवर्तन संवेदनशिलता तथा अनुकुलन सम्बन्धी अभिमुखीकरण
शुक्रबार, भाद्र १३ १८:११