१८ बैशाख २०८३, शुक्रबार
बुधबार, भाद्र १८ १७:४८

बिनाकारण निष्काशन गरिएका सञ्चारकर्मीको पुर्नवाहालीको माग गर्दै धनगढीमा प्रर्दशन

कैलाली
रेडियो नेपाल प्रादेशीक प्रसारण केन्द्र दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मी निष्काशन गरेको विरोधमा प्रेस युनियन कैलाली शाखाले बुधबार धनगढीमा विरोध ¥याली प्रर्दशन गरेको छ ।
रोल…..
विना कारण रेडियो नेपालबाट निष्काशन गरिएका सञ्चारर्मीहरुको पुर्नबहालीको माग गर्दै धनगढीको मुख्य बजार पार्क मोडदेखी जिल्ला प्रशासन कार्यालय सम्म ¥याली प्रर्दशन गरिएको थियो ।
¥यालीमा पत्रकारहरुले बिना कारण र्बखास्त गरिएका पत्रकारहरुको पुर्नवहाली गर, प्रेस स्वतन्त्रताको ग्यारन्टी गर, मिडीया माथिको हस्तक्षेप बन्द गर, मिडीया मैत्री वातावरण सिर्जना गर जस्ता पोस्टरहरु छातिमा टासेर पर्दशन गरेका थिए ।
प्रेस युनियन कैलाली शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ध्यानार्कषण पत्रसमेत पठाएका छन् । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उक्त ध्यानाकर्षण पत्र गृहमन्त्रालय मार्फत सञ्चार मन्त्रीलाई पठाउने प्रतिद्धता जनाए ।


विरोध ¥यालीमा सहभागी नेपाल प्रेस युनियनका संस्थापन तथा बरिष्ट पत्रकार तारानाथ दाहालले रेडियो नेपाल प्रादेशीक प्रसारण केन्द्र दिपायलमा कार्यरत तिन जना पत्रकारहरुको सरकारले रोजी रोटी खोस्ने काम निन्दनिय भएको बताए । उनले बर्खास्त गरिएका पत्रकारहरुको पुर्नवहाली नहुन्जेलसम्म आन्दोलनका कार्यक्रमहरु थप शसक्तढंगले अगाडी लैजानु पर्ने धारणा राख्नु भयो ।

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरुका हकहितको लागी आफुहरु सधै लागी पर्ने बताउदै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलबाट बिनाकारण निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुर्नबहाली गर्नु पर्ने माग गरे


रेडियो नेपालले भदौबाट लागु हुनेगरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई विना कारण निष्काशन गरेको थियो । जसको विरोधमा विगत तिनसातादेखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा नेपाल पत्रकार महासंघ, प्रेस यूनियन लगाएत विभिन्न संघ संस्थाले विरोध जनाउदै आएका छ । बिनाकारण बर्खास्त गरिएका सञ्चारकर्मीहरुको पुनर्वहालीको माग गर्दै पत्रकार महासंघ डोटी शाखाले भदौ ४ गतेदेखी निरन्तर धर्ना लगायत संघर्षका कार्यक्रम गरिरहेको छ ।

Sharing is caring!

Latest News

धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ हुने ।
बुधबार, भाद्र १८ १७:४८
धनगढीमा खुल्ला संसद अवधारणा अभ्यासका बिषयक छलफल
बुधबार, भाद्र १८ १७:४८