१५ असार २०८३, सोमबार
शुक्रबार, भाद्र २० १६:३२

भारतीय नागरिक पैसा सहित पक्राउ

   

कैलालाी
जिल्ला प्रहरी कार्यालय कैलालीले २९ लाख ८० हजार अवैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई उक्त रकम सहित पक्राउ गरेको हो ।
भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको हो । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए । वस्नेतले उनीसँग छ बटा विभिन्न बैैंकका एटिएम कार्ड समेत प्रहरीले बरामद गरेको जानकारी दिए । त्यस्तै विभिन्न खाली चेक समेत भेटिएको छ ।
पक्राउ परेका भारतीय नागरिक अतुल बर्माको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा रहेको नेपाली रकम उनले किन लुकाएर लैजाँदै थिए भन्ने विषय शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Sharing is caring!

Latest News

गायक ज्ञानु बमको नयाँ देउडा गीत मेरा प्यारा बोगटान सार्वजनिक (भिडियोसहित)
शुक्रबार, भाद्र २० १६:३२
बैतडी समाजको साधारणसभा सम्पन्न
शुक्रबार, भाद्र २० १६:३२