१९ बैशाख २०८३, शनिबार
शनिबार, भाद्र २१ १७:३३

बैतडी समाजको साधारणसभा सम्पन्न

धनगढी
बैतडी समाज कैलालीले दोश्रो साधारणसभा सम्पन्न गरेको छ । समाजले बिभिन्न सांकृतीक कार्यक्रम संगै छलिया नाच प्रस्तुत गर्दै साधारणसभा सम्पन्न गरेको हो ।
एकता सद्भाव, सांस्कृतीक प्रचार प्रसार र सामाजिक कार्यलाई महत्वका साथ राखेर काम गरिरहेको बैतडी समाजले पुख्र्यौली संस्कृतीलाई जगेर्ना गर्नुपर्नेमा जोड दिएको छ ।

आफ्नो संस्कृतीको जर्गेना संगै सामाजिक कार्यमा लाग्न समाजले सबैलाई सन्देश दिएको छ । बैतडी समाजका अध्यक्ष माया प्रकाश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रदेशकी उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले गरेकी हुन् । मन्त्री भट्टले आफ्नो संस्कृती जर्गेना संगै सामाजिक काममा सक्रिय बैतडी समाजलाई देशभर चिनाउन सबैको अहम भुमिका रहने बताइन् । तराई झरेपछि आफ्नो संस्कृती बिर्षिने परिपाटी बढेकाले संस्कृतीको जर्गेनाका साथै सामाजिक काममा समाज निरन्तर लाग्ने उनको बिश्वास छ ।
धनगढी उप महानगरपालिकाकी उप मेयर शुसिला मिश्र भट्टले सुदूरपश्चिमका अन्य जिल्ला भन्दापनि बैतडीका नागरिकहरु आफ्नो संस्कृती प्रती कटिबद्ध हुने गरेको बताइन् । आफ्नो भाषालाई कहिल्यै नभुल्ने बानी बैतडीका नागरिकमा मात्रै रहेको र संस्कृती प्रतीपनि बढी लगाब हुने गरेको उनको भनाई छ ।

संस्कृती बचाउने बिषयमा थप समाजले कार्यक्रम गर्न उनले सुझव दिइन् । साथै संस्कृती संरक्षणका नाममा हुने बिकृती अन्त्य गर्न उनको आग्रह छ । र सामाजिक कार्यमा लगनसिल भएर लागेको बैतडी समाजले निरन्तर समाजसेवा गरोस भनी उनले शुभकामना दिइन् । उप महानगरपालिकाले सक्ने सहयोग समेत गर्ने उप मेयर भट्टले बिश्वास दिलाइन् ।
साधारणसभाको अवशरमा बैतडी समाज कैलालीले स्थापना देखी हालसम्म गरेका सामाजिक काममा सहयोग गर्ने बिभिन्न व्यक्ती तथा संघ संस्थालाई सम्मान समेत गरिएको छ ।


धनगढी उप महानगरपालिकाकी उप मेयर शुसिला मिश्र भट्टले सुदूरपश्चिमका अन्य जिल्ला भन्दापनि बैतडीका नागरिकहरु आफ्नो संस्कृती प्रती कटिबद्ध हुने गरेको बताइन् । आफ्नो भाषालाई कहिल्यै नभुल्ने बानी बैतडीका नागरिकमा मात्रै रहेको र संस्कृती प्रतीपनि बढी लगाब हुने गरेको उनको भनाई छ । संस्कृती बचाउने बिषयमा थप समाजले कार्यक्रम गर्न उनले सुझव दिइन् । साथै संस्कृती संरक्षणका नाममा हुने बिकृती अन्त्य गर्न उनको आग्रह छ । र सामाजिक कार्यमा लगनसिल भएर लागेको बैतडी समाजले निरन्तर समाजसेवा गरोस भनी उनले शुभकामना दिइन् । उप महानगरपालिकाले सक्ने सहयोग समेत गर्ने उप मेयर भट्टले बिश्वास दिलाइन् ।
साधारणसभाको अवशरमा बैतडी समाज कैलालीले स्थापना देखी हालसम्म गरेका सामाजिक काममा सहयोग गर्ने बिभिन्न व्यक्ती तथा संघ संस्थालाई सम्मान समेत गरिएको छ ।

Sharing is caring!

Latest News

भारतीय नागरिक पैसा सहित पक्राउ
शनिबार, भाद्र २१ १७:३३
क्यानाडामा भिजिट नेपाल २०२० को सुदुरपश्चिम प्रदेशका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै बरिष्ठ पत्रकार रावल
शनिबार, भाद्र २१ १७:३३