धनगढीमा मोटिभेशनल सेमिनार सम्पन्न (भिडियो सहित)
धनगढी,
धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीको आयोजनामा शुक्रवार मोटिभेशनल सेमिनार धनगढीमा सम्पन्न भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मोटिभेसनल सेमिनारको उद्घाटन गरेका हुन । समाजमा सकारात्मक परिवर्तन र ब्यक्तित्व विकासमा जुनियर जेसिज र रोटर्याक्ट क्लबको भूमिका अहम् भएको बताए । ठूलो संख्यामा विद्यालयका छात्रछात्राहरुलाई भेला गराएर मोटिभेशनल सेमिनार गरेकोमा जुनियर जेसिज र रोटर्याक्ट क्लबलाई धन्यवाद दिदै नगरप्रमुख वडले भने, यसले विद्यार्थीहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
सेमिनारमा हास्य कलाकार सन्दीप क्षेत्री र सिनियर क्याप्टेन विजय लामाले प्रस्तुती गरेका छन् । ‘ईग्नाईट नेपाल २०१९’ मोटिभेसनल सेमिनार काठमाडौँको रक क्यासल स्टुडियोले देशव्यापी रुपमा गरिरहेको कार्यक्रममा धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीले आयोजना गरेका हुन ।
सन्दीप नेपाली सिनेमा जगतमा हास्य कलाकार हुन् भने लामा नेपालका सिनियर क्याप्टेनका साथै कलाकार पनि हुन् । कार्यक्रममा सहभागीताका लागि आयोजकले एक सय रुपयाँ टिकेटको व्यवस्था गरेको थियो । धनगढीमा रहेका बिभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुले शुभश्री प्यालेसको हल भरिएको थियो ।
