आईतवार, आश्विन ५ १९:३१
जन्म दिनको अवसरमा खाद्यान्न र फलफुल वितरण
धनगढी, सेती अञ्चल अस्पतालमा कार्यरत डेन्टल डाक्टर राजकुमार रोकायाले आफ्नो २८ औ जन्म जयन्तीको अवसरमा आमाको माया छात्रावासमा रहेका असहायलाई खाद्यान्न र फलफुल वितरण गरेका छन् । डाक्टर रोकायाले १ कट्टा चामल, ५ केजी दाल,१ कार्टुन चाउचाउ,६२ पिस कपि,३१ पिस कलम,३१ कोलकेट र चार चार केजी स्याउ र केरा वितरण गरेका हुन् । असहाय बालबालिकाको सहयोगका लागी सामाग्री वितरण गरिएको उनले बताए ।
