बिहीबार, आश्विन ९ २१:०८
डोटिमा आयोजना हुने लोक सांस्कृतिक कार्यक्रमको तयारी पुरा
धनगढी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम शाखाले प्रथम अधिवेशनका अवसरमा डोटिमा आयोजना गर्ने लोक सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । कार्यक्रमका लागी कलाकारको टोली डोटी पुगिसकेको आयोजकले जनाएको छ । कार्यक्रममा लोकप्रिय गायक बद्रि पङ्गेनि,चन्द्र शर्मा,संकर बि सि , राधिका हमाल,बिनोद बाजुरालि , अन्जलि अधिकारी लगायत ख्याति प्राप्त सुदूरपश्चिमेली १०० जना भन्दा बढि चर्चित कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।
असोज १० भोली सास्कृतिक कार्यक्रम र ११ गते डोटीमा विशेष प्रथम अधिवेशन सम्पन्न हुने जनाइएको छ ।
