लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा धामी
धनगढी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सुदुरपश्चिम प्रदेशको अध्यक्षमा पदम बहादुर धामी चयन भएका छन । बरीष्ठ उपाध्यक्ष पुर्ण प्रशाद भाट, प्रथम उपाध्यक्ष दृर्घराज फुलारा, दृर्तिय उपाध्यक्ष दल बहादुर बोगटी, महिला उपाध्यक्ष निर्मला बोगटी, सचिव सुर्य बिरहि साँउद, महिला सचिव चन्द्रा साँउद, कोषाध्यक्ष युवराज जोसी, सह–सचिव भोजराज भाट, सह–सचिव जीवन थापा, सह–कोषाध्यक्ष धन बहादुर बिक त्यसैगरी सदस्यहरुमा चक्र बम, रेखा जोसी, कल्पना ढुंगाना, भिम बिष्ट, झलक पाली लगाएतका सदस्य पदमा सर्बसहमत रुपमा चयन भएका छन ।
१० र ११ गते डोटीमा संचालन भएको अधिबेशनबाट सर्बसहमत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचित सबै पदाधिकारीलाई पद तथा गोपनियताको सफत ग्रहण गराईएको छ ।
निर्वाचित पदाधिकारीले कला क्षेत्रको बिकासका लागी खट्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
